दफा २२
गुठी जिमीदारी उन्मूलन
गुठी जिमीदारी उन्मूलन गरिएकोछ । त्यस्तो उन्मूलनको परिणामस्वरूप सम्बन्धित गुठी मौजाको जिमीदारीसित सम्बन्धित जिमीदार पटवारीको सबै हक अधिकार स्वतः समाप्त भएको मानिनेछ ।
तर जिमीदारी साथको जग्गाका हकमा जिमीदारी उन्मूलन भएको जिमीदारको नाउँमा गुठी रैतान नम्बरीमा दर्ता हुनेछ ।